Monday, 27 February 2017

सम्झनामा :अतितका चोटहरू लेखक प्रकाश मगर सम्झना

गजल प्रकाश मगर सम्झना
गजल

कोहीलीले गाए  झै  गाएर  देखाउनु मेरी सानु
मेरो   नाम मुटुमा  लेखाएर देखाउनु मेरी सानु


सपना मेरो यहीँ  छ -तिमी जहाँ भए पनि हेर
सधै हास्दै तिमी सधै आएर देखाउनु मेरी सानु


सजाउनु छ  तिमीलाई यो मुटुको कुनामा सधै
सपनीमा सधै सधै सताएर देखाउनु मेरी सानु

बाँसुरी सँगै तिम्ले  गाउनु मीठो गीत सधै सधै
मलाई धड्कनमा सजाएर देखाउनु मेरी सानु

तिमी सँग  वन पाखा रमाएको पल सम्झिन्छु
मेरो यो  हात सधै समाएर देखाउनु मेरी सानु

प्रकाश मगर सम्झना
दैलेख

l

l

Saturday, 25 February 2017

सम्झनामा अतितका चोटहरू : लेखक :कविता प्रकाश मगर सम्झना

कविता
शिर्षक        सम्झनामा

उदाएको घाम
हेरि टोलाउछु सधै
तिम्लाई सम्झिएर एकान्तमा
कता कता हराउने गर्छ यो मन
तिमीलाई सम्झिएर निष्ठुरी माया
साझ परेपछि तिमीलाई खोजिरहेको
हुन्छु म पागल थाहा छैन सानु तिमी
मेरो साथमा भएको भए रमाउने चाहाना
मेरो अधुरै भयो किन होला तिम्रो साथमा
अनि
गाउँ गाउँमा तिम्रो मेरो चर्चा भएको छ अरे
नानाथरी कुरा काट्ने गर्छन् अरे किन होला
आजभोलि तिम्रो माया मा झनझन पागल
भए किन तिम्रा हरेक तस्बिर मुटुमा राख्या छु
सायद यति गर्दागर्दै तिम्लाई  आफ्नो ठानेको छु
सम्झना आउने गर्छ सधै सधै एकान्तमा बस्दा
खेरी तिम्लाई मैले एकोहोरो माया पो गरेको छु
स्वार्थि संसारमा तिमी विना एक्लाएक्लै हराएको
छु तिमी विना ए निष्ठुरी तिम्लाई सम्झि सम्झि
होइन
तिम्रो माया झुठो छ की साचो छ मलाई थाहा
छैन सँगै हिडेको बाटो तिमी विना आज एक्लै
हिडिरहेको छु ए निष्ठुरी तिम्रो झुठो मायामा
सँगै बसि मैले तिम्रो कसम
खाएको याद आउँछ सधै सधै
तिमी कता छौ खोजिरहेको छु तिमीलाई
मैले
सपनामा आउने गर्छौ अनि  भन्छौ
म तिम्रो हुन सकिन यो जुनिमा
मलाई माफ गरिदेउ ए मेरो हजुर
भनेर सधै सधै
मलाई कता कता डर लागिरहेको छ
मलाई छोडेर त गएनौ ए निष्ठुरी भन
अधुरै रहने भयो मेरो सपना यो जुनिमा
भन्छन् सबैले मलाई माया पाउनु मात्र
होइन गुमाउनु पनि माया हो भनेर
सायद आजभोलि मलाई यस्तै यस्तै
भएको छ निष्ठुरीको सम्झना आउदा
एकान्तमा सधै सधै टोलाउदा खेरी
सम्झेको छु तिमी लाई म देखि टाढा
भए पनि ए निष्ठुरी याद आउदा तिम्रै
तस्बिरहरू हेर्ने गर्छु साझ परे पछि
तिमी टाढा भयौं मलाई छोडेर तर
म तिम्रो सधै सधै असल साथी
बनिरहने छु ए निष्ठुरी
पागल बनायौ मलाई किन
सम्झना आउँछ तिम्रो मात्र तिम्रो

लेखक
प्रकाश मगर सम्झना
दैलेख

Tuesday, 14 February 2017

अतितका चोटहरू :samir rijal जस्तो लेखे त्यस्तै भयो

हार्दिक श्रद्धाञ्जली

उहाँको अन्तिम मुक्तक यसरी सुरु भएको थियोे

तिम्रो  
हार्दिक श्रद्धाञ्जली

उहाँको अन्तिम मुक्तक यसरी सुरु भएको थियोे

तिम्रो घरबाट ठ्याक्कै तीर देखिनेछ ।
मलामीको मनमा औधी पीर देखिनेछ ।।
तिमी पनि उपस्थित भयौ भने घाटमा ।
पल्टाएर हेर्नु कात्रोमा समीर देखिनेछ ।।

 साहित्यिक क्षेत्रकाे यात्रामा सँगसँगै सहयात्रा गरि राख्नु भएका अात्मिय मित्र Samir Rijal हिजो राती विष सेवन गरी आत्मा हत्या गरेकाे खबरले सम्पूर्ण साहित्यिक मनहरुकाे मनमा स्तब्ध तुल्याएको छ, उहाँको अात्माले स्वर्गमा बास गराेस
तिम्रो ।घरबाट  ठ्याक्कै तीर देखिनेछ
मलामीको मनमा औधी पीर देखिनेछ
तिमी पनि उपस्थित भयौ भने घाटमा
पल्टाएर हेर्नु कात्रोमा समीर देखिनेछ


Friday, 10 February 2017

अतितका चोटहरू कविता लेखक प्रकाश मगर सम्झना दैलेख

कविता   शिर्षक       निष्ठुरी

तिमी विनाको जिन्दगी मेरो
कस्तो होला सोचिरहेको छु

तिम्रो यादमा आँसु बगाएर
दुखेको मुटु झन नै दुखाएर
के पायौं निष्ठुरी भन मलाई
खुशी सारा दुनियाँ संग लुटाई

अनि
तिमी त कति भाग्यमानी रहेछौं
जिन्दगीको ठुलो खुशी पाउँदा
मनमा दुःख छ तर बाहिर हासिदेउ
रमाउन सकिन तिमी विना एक्लै

आफ्नो मान्छे आफै सँग टाडिए छ
ओठमा खुशी छैन मनभित्र पिडा
मुस्कुराउन खोज्छु तर ओठ बन्न छ
थाहा छैन तिमी विनाको जिन्दगी
जिउन कति गार्‍हो होला मलाई अब
सम्झना आउँछ पल पल तिम्रो मात्र
सम्झाउन खोज्छु तर यो मन मान्दैन
सायद तिमी विना एक्लो भएको छ यहाँ
साथ पाउँछकी अधेरीमा खोजिरहेको छ

हरायो
मलाई छोडी जादा कति रोयो मन
रूदा सम्झाए तर मेरो पागल पन
सपना देखेपछि पूरा गर्न खोजेछु
तर यो मन भन्ने कता कता हरायो
तिमी विनाको मेरो जिन्दगी अब
कसरी बाचुला म तिमी विना अब
डाडा पाखामा रमाएको पल पल सम्झिन्छु
आँखा भरि आशुका धारा आउन थाल्छ
किन किन तिमी विना एक दिन भेट नहुदा
म आफै पागल जस्तै भएको हुन्छु
 जिन्दगीभर तिमी जिउने कसम खाएको थिए
तिम्रो जिन्दगीमा  फुल बनी आएको थिए
पहिलो पटक तिमीले पत्र लेख्यौ मलाई
त्यो पत्रको जवाफ लेखेर दिए तिमीलाई
थाहा छ होला नि तिमीलाई पनि निष्ठुरी
छोडी जादा दोबाटोमा मलाई तिमीले
कति रोयो होला त्यो मेरो मन भनेर
सोचे नौ किन निष्ठुरी सायद तिम्रो झुठो
माया थियो अनि थाहा पाए मैले पनि

हो

तिम्रो जिन्दगी फुलैफुलको वारि बनोस्
म काडा बनी आउने छैन तिम्रो जीवनमा
रमाएका पल नसम्झिनु फेरि आँखा
रसाउला तिम्रो मलाई सम्झि नरुनु
कति निष्ठुरी मन रहेछ तिम्रो
पागल बनेको छु तिम्रो यादमा
न त म कसैलाई अब चिन्छु
न त तिमीलाई नै चिन्छु
पागल बनी हिडिरहेको छु बाटो बाटोमा
मनमा छ तिम्रो माया
हातमा छ तिम्रो तस्बिर
निष्ठुरी

प्रकाश मगर सम्झना
दैलेख

Monday, 6 February 2017

लेखक प्रकाश मगर सम्झना आँखा भरी आशु अतितका चोटहरु

दोस्रो प्रयास सल्लाह अनि सुझावको प्रतिक्षामा


कविता   शिर्षक   पिडा

गन्तव्यको बाटो रोजेको छु
थाहा छैन मैले के खोजेको छु
जीवनमा सोचेको पनि थिएन
मलाई यस्तो दिन आउँछ भनेर

तर
आखिर के चाहान्थे मबाट खै
किन मलाई आज यति ठुलो
चोट अनि पिडाहरू दिएका छन
काखमा छोरा च्यापेर हिड्न
थालेपछि समाज अनि परिवार
हास्दै थियोे तर म रूदै हिडिरहनु
पर्यो सायद यो जुनी मेरो कस्तो
रहेछ न त बाच्नु न त मर्नु भए
जीवनका हर खुशीहरू कसै
लाई सुम्पेर आए
आखामा आँसु भरि रहेको थियोे

कोही
थिएनन् मेरो कुरा सुन्ने पनि
रूदै कराउँदै भन्न थाले मैले
मेरो कुरा हुन त तपाईंलाई
थाहा छैन होला तर म सुनाउछु
मनको पिडा अनि व्यथाहरू
सुन्नु अब

रूदै
भन्न थाले मैले मेरो मनको
मनभित्र को पिडाहरू सबैलाई
सुनाए अनि कोही हास्दै थिए
कोहि भने रूदै थिए किन
सायद मलाई जस्तै दुःख
तपाईंहरूलाई पनि आउन
सक्छ हामी नारी भए जन्म
लियौ त्यसैले हामी नारी
एक जुट हुनुपर्छ
गन्तव्य को गोरेटोमा
 हिडदै
छु आज फेरि किन
मलाई जस्तो दुःख
तपाईंहरू को जीवन मा
कहिल्यै पनि नआओस
भनेर भोग्नु पनि पर्दोरहेछ
भाग्य मा लेखेको
भोग्दैछु आज जिन्दगीभर
को दुःख आफैंले छोरालाई
काखमा राखेर हिडिरहेको छु
जब सम्म सास रहनेछ मेरो
तब सम्म आस रहनेछ मेरो
जिन्दगीका पाइलाहरु।
मोड्दै आज देखि

लेखक
प्रकाश मगर सम्झना
दैलेख

प्रकाश मगर सम्झनाको

मुक्तक

प्राण  रहुन्जेल मलाई तिम्रो आश छ सानु
थाहा छ  हाम्रो  मायाको  विश्वास छ सानु
छोडी गए पाप लाग्ला तिमीलाई जुनीभर
तिम्रो निम्ति यो मुटुमा  अझै बाँस छ सानु

प्रकाश मगर सम्झना
दैलेख

Sunday, 5 February 2017

हाम्रो मुक्तक दोहोरी यसरी सुरु भएको थियोे Rojina theeng प्रकाश मगर सम्झना

मायालु

#मुक्तक #दोहोरी #साझमा
यसरी सुरु हुन्छ
Rojina Lama सँग
घर सिन्धुली
प्रकाश मगर सम्झना
दैलेख


प्रकाश

तिम्रो  जिन्दगी फुल्दै जानेछौ ।।
यो माया प्रेममा भुल्दै जानेछौ ।।
जुनि जुनि सयौं जुनि रमाउला ।।
यादमा दिन रात झुल्दै जानेछौ ।।


रोजिना

कोमलको फुल भएर फुल्नु छैन ।।
बनावटी माया लगाई भुल्नु छैन ।।
जुनि जुनि त के यही जुनिमा पनि ।।
सपना सजाएर मलाई डुल्नु छैन ।।


प्रकाश

तिम्रो त्यो बोली सुन्न मन लाग्छ
मायाको डोरी नै बुन्न मन लाग्छ
संसार भरिका सारा खुशी दिन्छु
तिम्रो आशु झर्दा थुन्न मन लाग्छ


रोजिना

बोली सुनेर के गर्नु हुन्छ हजुर
माया बुनेर के गर्नु हुन्छ हजुर
तेस्तो सुन्न सुनाउन मन लाग्दैन
संगीत गुनेर के गर्नु हुन्छ हजुर


प्रकाश

संगीतको आवाज थियौ सधैं
हराएको मनलाई सियौ सधै
बन पाखामा संगीत सुन्दान्दै
थोपा थोपा आशु पियौ सधै


रोजिना

त्यो हराएको मन खोज्नुस्
मन बचाउने वचन खोज्नुस्
दुःख सुख भनेको तेस्तै हो
मायालाई बुझ्ने धन खोज्नुस्


प्रकाश

तिमीलाई ह्रलयमा सजाएर मैले
सपनीमा   आएर नै सताएर मैले
सुन्दरताले भरि तिम्रो जीवनलाई
दुःख भोगी  आफ्नो बनाएर मैले


रोजिना

थाहा नपाई सजाएको के अर्थ
जबर्जस्ती फसाएको के अर्थ
यो माया दुई मुटुको मिलन हो
बुझ्दै नबुझी लगाएको के अर्थ


प्रकाश

तिम्रो मनलाई रुन दिने छैन हेर
आशुले मुख धुन दिने छैन हेर
माया छ यो मुटुको कुनामा नै
यादमा तस्बिर छुन दिने छैन हेर

१०
रोजिना

सधै  रुने बानी छैन मेरो
आशुको खानी छैन मेरो
भयो धेरै फुर्ति नलगाउनुस्
हजुर सँग लान्नी छैन मेरो

११
प्रकाश

सपना थियो तिम्रो हेर रोजिना
आशुले मनमा कुरा केर रोविना
सम्झना आउला कुनै दिन रुनेछौ
अंगालोमा मलाई नै बेर रोजिना

१२
रोजिना

सपनामा हजुरलाई देख्नु छैन
नचाहिने कुरालाई  लेख्नु छैन
मेरो दिल साफ छ अनि तातो
सधै   झुटो मायाले सेक्नु छ‌ैन

१३
प्रकाश

बगैंचामा सधै सजाउछु तिमीलाई
मेरो दिल भित्र हराउछु तिमीलाई
फुलबारीमा भमराले रस खाए झै
आफ्नो मन मुटु बनाउछु तिमीलाई

१४
रोजिना

बनावटी कुरा नगर्दा राम्रो हुन्छ
मनको छेउछाउ नसर्दा राम्रो हुन्छ
मेरो अरु नै मलाई  माया गर्ने यहाँ
तेसैले मसँग लभ नपार्दा राम्रो हुन्छ

१५
प्रकाश

तिम्रो यादै यादैमा जिउनु छैन अब
त्यो मदिरा मलाई पिउनु छैन अब
जीवनमा एक्लै एक्लै रुनु पर्ला हेर
फाटेको मन मुटु सिउनु छैन अब

समाप्त

Friday, 3 February 2017

केही गजलहरु आफुले लेखेकोछु

गजल

निशल्ल पबित्र माया छुटेपछि टोलाउछु
उनी सँगको सम्बन्ध  टुटेपछि  टोलाउछु

जिन्दगीको बाटो खोज्दै हिड्छु म किन
मन मुटु हरायो खुशी लुटेपछि टोलाउछु

फुलबारीको फुल  जस्तै झारी गयौ सधै
तिम्रो माया छुटाउन  जुटेपछि टोलाउछु

लगायौ दुःख यो छाती दुख्छ बियोगमा
सीसा  सरी धड्कन  फुटेपछि टोलाउछु

रमाउने बनमा  छोडी गयौ निष्ठुरी तिमी
आशुले  मलाई  सधै  चुटेपछि टोलाउछु
गजल
2
मुटुमा- वचन बाण हानेर घाइते भा,छु
उसको जीवन लाई छानेर घाइते भा,छु

बसन्तको  बहानामा  रमाउने गर्थे मैले
मलाई भुईको धुलो ठानेर घाइते भा,छु

फुलबारी थियोे मन  बुझाउने सधैं भरि
अर्कैलाई यो मुटुमा बानेर घाइते भा,छु

ओईलीएको फुल  सरी भए किन सानु
उसैको यो घरबार   धानेर घाइते भा,छु

घिणा गर्यौ तिमीले  मलाई जिन्दगीमा
दियौ ठूलो उपहार  मानेर घाइते भा,छु

गजल ३

सधै आफू हारेर  पनि तिमीलाई जिताउन खोजे किन
म पागल सक्दिन थिए तिम्रो अघि आउन खोजे किन

@
 
आफ्नो ज्यान भन्दा धेरै माया गर्थे तिमीलाई सानू हेर
सपना बनी मध्य रातमा सधै सधै सताउन खोजे किन

@
हो भन्न सक्दिन थिए मेरो मनको कुरा कतै रिसाउछौ
जली सकेको मन  मुटुलाई  झन जलाउन खोजे किन

@
त्यो पल त्यो अतीत सम्झिन्छु सँगसँगै  रमाएको मैले
यो मुटु भित्र राखेको तस्बिर मैले हटाउन खोजे किन

@
आज आएर भन्छौं मलाई तिमीलाई माया गर्छु भनेर
हो जिन्दगी भरी  तिम्रो त्यो माया हराउन खोजे किन

गजल

तिमीलाई  सम्झिदा  मुटु  पोल्छ अनि गल्छ किन
कहिलेकाही तिमी  बिना यो तन मन जल्छ किन

सम्झाउन खोज्छु तर मान्दैन यो मन किन निष्ठुरी
देखेपछि तिमीलाई यो  आत्मा  किन ढल्छ किन


बिछोड हुदा तिमी सँग बाच्न  कहाँ  सक्छु भनन्
हो निभाउन खोज्छु ज्वाला झन झन बल्छ किन

सधै झै तिम्रो काखमा  निधाउन पाए खुशी हुन्थे
यो  सास छ अझैसम्म तिम्रो लागि नै चल्छ किन

टाढाको माया  गाढा हुन्छ  भनी लाए माया मैले
भन  तिम्रो झुठो  मायाको  मन भित्र हल्छ किन


गजल

कसैको मुटु मेरो धड्कन बनाएर जान बाध्य भए
मुटु दुख्छ  कसैको  हात समाएर जान बाध्य भए

हो  उनको झझल्को आउँछ एकान्तमा टोलाउदा
मैले देखेको  सपनाहरू  ढलाएर जान बाध्य भए

चर्किएको मुटु टुक्रा टुक्रा  पारी हिड्न मन लाग्छ
अधेरीमा लेखेका चिठी  बगाएर जान बाध्य भए

सुनसान लाग्छ उनी  बिना यो दुनियाँ किन किन
अन्तिम पल्ट उनलाई  सम्झाएर जान बाध्य भए

सम्झिदा बिगत मुटु दुख्छ  साथ दिने भेटिन मैले
यो स्वार्थि संसारमा आज हराएर जान बाध्य भए


गजल

जीवनमा अनगिन्ती  चोट मैले पाएर बस्नु पर्यो
हो झुठो माया तिमी सँग किन लाएर बस्नु पर्यो


सम्झना  आउँछ  उहीँ  निष्ठुरीको किन यति धेरै
यो मनको कुरा भन्न  नसकेर  डराएर बस्नु पर्यो

अझै मलाई   कति  चोट दिन्छ  स्वार्थि संसारले
एकान्तमा तिम्रो तस्बिर  हेर समाएर बस्नु पर्यो

सपना बनी आउने गर्छौ  सधै सधै आखामा हेर
तिम्रो यादमा  म पागल किन हराएर बस्नु पर्यो

बिर्सन खोज्छु तर सक्दिन  तिमीलाई यो मनले
आफुले  आफैंलाई  आज  सम्झाएर बस्नु पर्यो


गजल

भुल्न खोज्छु तिमीलाई आउछौ याद बनी सधै सधै
मेरो खुशी ठानी तिमी  रमाउछौ याद बनी सधै सधै

हो कल्पनामा   हराए  पागल बनी सधै कराए किन
आफू रिसाउदा पनि  फकाउछौ याद बनी सधै सधै

तिमी म बिना बाच्न  सक्छौ या सक्दैनौं थाहा पाए
यहाँ हो  मलाई एक्लो बनाउछौ याद बनी सधै सधै

खोज्छु हजारौंको  भिडमा  तिमी लाई तर भेट्दिन
सुस्तरी आई मलाई  झस्काउछौ याद बनी सधै सधै

तिम्रो मेरो   मिलन  होला की  नहोला ए सानुमाया
सुटुक्क  मनको  कुरा  बताउछौ याद बनी सधै सधै


गजल

छट्पटीमा रात दिन बिताउनु परेको छ मलाई
यो सधै मायामा  चोट  पाउनु परेको छ मलाई


एकान्तमा सधै बस्ने गर्छु तिम्रो बाटो हेरेर सधै
आशुले यो सिरानी भिजाउनु परेको छ मलाई

तिमीलाई नभेटेपछि आत्तिन्छ यो मन मुटु हेर
तिम्रो झुठो  मायामा  हराउनु परेको छ मलाई


घुमाउने रहर  तिमीलाई  मन फुलबारीमा सधै
हो यादै यादमा मुटु  जलाउनु परेको छ मलाई

अतीत सम्झि बिगत सम्झि रुदै बस्नु परे पछि
तिमी बिना  एक्लै म रमाउनु परेको छ मलाई


गजल

आजभोलि सपनामा म आफै मरेको देख्न थाले
हो सानू तिम्रो  सिउदो  कसैले भरेको देख्न थाले


देखेको सपना पूरा हुन्छ हुदैन कल्पना गर्दैछु हेर
सम्झिन्छु तिम्लाई  त्यो  खुशी छरेको देख्न थाले


कतै तिम्रो मेरो साथ छुट्छ की डर लाग्छ मलाई
तिम्रो  आँखामा  आँसु   किन झरेको देख्न थाले


किन यस्तो लेख्दियो भाग्यले नि मलाई रुन मात्र
आकाशमा हेर्दै जादा ताराहरु सरेको देख्न थाले


बगेपछि फर्कने खोला हुदैन हासी खुशी रमाउनु
तिम्रो चिनो मेरो हातमा  किन परेको देख्न थाले



१०
गजल

आफ्नो मृत्युको बाटो हेरिरहे मर्ने दिन आउदैछ
तिम्लाई  यी  खुशीका  लहर  छर्ने दिन आउदैछ

यो संसार देखि बिदा  मागेर जादैछु तिमी नरुनु
छोडी जादा एक टुक्रा  कात्रो पर्ने दिन आउदैछ

एक मुठ्ठी सास हुदा आश हुन्छ  भन्थे तर रहेन
तिमीलाई खुशी दिएर  आफू टर्ने दिन आउदैछ

चिता माथि  लास  जल्दै अनि बन्दैछु गंगाजल
तिम्रो आँसु वर्षात बनी  सधै झर्ने दिन आउदैछ

नरोए तिमी लास  मेरो जल्दा  फेरि तिमी मर्छौ
चर्किएको  मुटु  लिएर अन्तै  सर्ने दिन आउदैछ

प्रकाश मगर सम्झना
दैलेख

प्रकाश मगर सम्झनाका आफ्ना मुक्तकहरु

केही मुक्तकहरु


पागल बनी हिडु की थाहा छैन
हो तिम्रो न्यानो साथ पाहा छैन
खुशीको पल रमाउने गरेको छु
मनमा खुशीको वर्षा आहा छैन


मायाको भिग माग्ने नाम कमाएर
आजभोलि उसै सँगै घर जमाएर
खुशी छौ सुखी  छौ तिमी निष्ठुरी
हो दुःख अनि पिर मलाई थमाएर


किन सम्झना आउने  गर्छ निष्ठुरी
तिम्रो लागि खुशी थियो मन भरी
सताउने गर्छौ मलाई सपनीमा हो
हेर आउछु भनी खोला नाला तरी


मनको फुलबारीमा  सधैं घुमाएर
आफ्नो मायाको जालमा डुबाएर
हो  बाच्ने आधार भएको छ मेरो
बिरहका भाका मिठो धुन सुनाएर


हाम्रो चोखो माया तिम्ले छुटाएर
दुई मुटु  एक  धड्कन हो टुटाएर
ढल्यो सपना अब छोडेर गयौ नि
आखामा आशुको ताल फुटाएर


बिहानीको मिर मिरे  घाम हेरिरहेछु
लेखेको तिम्रो मुटुमा नाम हेरिरहेछु
साझ पख्ख तिम्रो याद आउदा रुने
तिम्ले पठाएको त्यो खाम हेरिरहेछु

प्रकाश मगर सम्झना
दैलेख

मुक्तक प्राण रहुन्जेल मलाई तिम्रो आश छ सानु थाहा छ हाम्रो मायाको विश्वास छ सानु छोडी गए पाप लाग्ला तिमीलाई जुनीभर तिम्रो निम्ति यो मुटुमा अझै बाँस छ सानु प्रकाश मगर सम्झना दैलेख

मुक्तक

प्राण  रहुन्जेल मलाई तिम्रो आश छ सानु
थाहा छ  हाम्रो  मायाको  विश्वास छ सानु
छोडी गए पाप लाग्ला तिमीलाई जुनीभर
तिम्रो निम्ति यो मुटुमा  अझै बाँस छ सानु

प्रकाश मगर सम्झना
दैलेख


Thursday, 2 February 2017

अतितका चोटहरू : मुक्तक अतितका यादले रसाउने गर्छन् आखाहरु कस्तो भयो होला हामी रमाउने डाडाहरु त्यहि ठाउँमा छु तिमी विना आज एक्लै आज सुसाउने गर्छ होला खोला नालाहरु प्रकाश मगर सम्झना दैलेख

अतितका चोटहरू : मुक्तक 

अतितका यादले रसाउने गर्छन् आखाहरु 

कस्तो भयो होला हामी रमाउने डाडाहरु

 त्यहि ठाउँमा छु तिमी विना आज एक्लै

 आज सुसाउने गर्छ होला खोला नालाहरु

 प्रकाश मगर सम्झना दैलेख

मुक्तक अतितका यादले रसाउने गर्छन् आखाहरु कस्तो भयो होला हामी रमाउने डाडाहरु त्यहि ठाउँमा छु तिमी विना आज एक्लै आज सुसाउने गर्छ होला खोला नालाहरु प्रकाश मगर सम्झना दैलेख