Monday, 27 February 2017

सम्झनामा :अतितका चोटहरू लेखक प्रकाश मगर सम्झना

गजल प्रकाश मगर सम्झना
गजल

कोहीलीले गाए  झै  गाएर  देखाउनु मेरी सानु
मेरो   नाम मुटुमा  लेखाएर देखाउनु मेरी सानु


सपना मेरो यहीँ  छ -तिमी जहाँ भए पनि हेर
सधै हास्दै तिमी सधै आएर देखाउनु मेरी सानु


सजाउनु छ  तिमीलाई यो मुटुको कुनामा सधै
सपनीमा सधै सधै सताएर देखाउनु मेरी सानु

बाँसुरी सँगै तिम्ले  गाउनु मीठो गीत सधै सधै
मलाई धड्कनमा सजाएर देखाउनु मेरी सानु

तिमी सँग  वन पाखा रमाएको पल सम्झिन्छु
मेरो यो  हात सधै समाएर देखाउनु मेरी सानु

प्रकाश मगर सम्झना
दैलेख

No comments:

Post a Comment