Friday, 3 February 2017

केही गजलहरु आफुले लेखेकोछु

गजल

निशल्ल पबित्र माया छुटेपछि टोलाउछु
उनी सँगको सम्बन्ध  टुटेपछि  टोलाउछु

जिन्दगीको बाटो खोज्दै हिड्छु म किन
मन मुटु हरायो खुशी लुटेपछि टोलाउछु

फुलबारीको फुल  जस्तै झारी गयौ सधै
तिम्रो माया छुटाउन  जुटेपछि टोलाउछु

लगायौ दुःख यो छाती दुख्छ बियोगमा
सीसा  सरी धड्कन  फुटेपछि टोलाउछु

रमाउने बनमा  छोडी गयौ निष्ठुरी तिमी
आशुले  मलाई  सधै  चुटेपछि टोलाउछु
गजल
2
मुटुमा- वचन बाण हानेर घाइते भा,छु
उसको जीवन लाई छानेर घाइते भा,छु

बसन्तको  बहानामा  रमाउने गर्थे मैले
मलाई भुईको धुलो ठानेर घाइते भा,छु

फुलबारी थियोे मन  बुझाउने सधैं भरि
अर्कैलाई यो मुटुमा बानेर घाइते भा,छु

ओईलीएको फुल  सरी भए किन सानु
उसैको यो घरबार   धानेर घाइते भा,छु

घिणा गर्यौ तिमीले  मलाई जिन्दगीमा
दियौ ठूलो उपहार  मानेर घाइते भा,छु

गजल ३

सधै आफू हारेर  पनि तिमीलाई जिताउन खोजे किन
म पागल सक्दिन थिए तिम्रो अघि आउन खोजे किन

@
 
आफ्नो ज्यान भन्दा धेरै माया गर्थे तिमीलाई सानू हेर
सपना बनी मध्य रातमा सधै सधै सताउन खोजे किन

@
हो भन्न सक्दिन थिए मेरो मनको कुरा कतै रिसाउछौ
जली सकेको मन  मुटुलाई  झन जलाउन खोजे किन

@
त्यो पल त्यो अतीत सम्झिन्छु सँगसँगै  रमाएको मैले
यो मुटु भित्र राखेको तस्बिर मैले हटाउन खोजे किन

@
आज आएर भन्छौं मलाई तिमीलाई माया गर्छु भनेर
हो जिन्दगी भरी  तिम्रो त्यो माया हराउन खोजे किन

गजल

तिमीलाई  सम्झिदा  मुटु  पोल्छ अनि गल्छ किन
कहिलेकाही तिमी  बिना यो तन मन जल्छ किन

सम्झाउन खोज्छु तर मान्दैन यो मन किन निष्ठुरी
देखेपछि तिमीलाई यो  आत्मा  किन ढल्छ किन


बिछोड हुदा तिमी सँग बाच्न  कहाँ  सक्छु भनन्
हो निभाउन खोज्छु ज्वाला झन झन बल्छ किन

सधै झै तिम्रो काखमा  निधाउन पाए खुशी हुन्थे
यो  सास छ अझैसम्म तिम्रो लागि नै चल्छ किन

टाढाको माया  गाढा हुन्छ  भनी लाए माया मैले
भन  तिम्रो झुठो  मायाको  मन भित्र हल्छ किन


गजल

कसैको मुटु मेरो धड्कन बनाएर जान बाध्य भए
मुटु दुख्छ  कसैको  हात समाएर जान बाध्य भए

हो  उनको झझल्को आउँछ एकान्तमा टोलाउदा
मैले देखेको  सपनाहरू  ढलाएर जान बाध्य भए

चर्किएको मुटु टुक्रा टुक्रा  पारी हिड्न मन लाग्छ
अधेरीमा लेखेका चिठी  बगाएर जान बाध्य भए

सुनसान लाग्छ उनी  बिना यो दुनियाँ किन किन
अन्तिम पल्ट उनलाई  सम्झाएर जान बाध्य भए

सम्झिदा बिगत मुटु दुख्छ  साथ दिने भेटिन मैले
यो स्वार्थि संसारमा आज हराएर जान बाध्य भए


गजल

जीवनमा अनगिन्ती  चोट मैले पाएर बस्नु पर्यो
हो झुठो माया तिमी सँग किन लाएर बस्नु पर्यो


सम्झना  आउँछ  उहीँ  निष्ठुरीको किन यति धेरै
यो मनको कुरा भन्न  नसकेर  डराएर बस्नु पर्यो

अझै मलाई   कति  चोट दिन्छ  स्वार्थि संसारले
एकान्तमा तिम्रो तस्बिर  हेर समाएर बस्नु पर्यो

सपना बनी आउने गर्छौ  सधै सधै आखामा हेर
तिम्रो यादमा  म पागल किन हराएर बस्नु पर्यो

बिर्सन खोज्छु तर सक्दिन  तिमीलाई यो मनले
आफुले  आफैंलाई  आज  सम्झाएर बस्नु पर्यो


गजल

भुल्न खोज्छु तिमीलाई आउछौ याद बनी सधै सधै
मेरो खुशी ठानी तिमी  रमाउछौ याद बनी सधै सधै

हो कल्पनामा   हराए  पागल बनी सधै कराए किन
आफू रिसाउदा पनि  फकाउछौ याद बनी सधै सधै

तिमी म बिना बाच्न  सक्छौ या सक्दैनौं थाहा पाए
यहाँ हो  मलाई एक्लो बनाउछौ याद बनी सधै सधै

खोज्छु हजारौंको  भिडमा  तिमी लाई तर भेट्दिन
सुस्तरी आई मलाई  झस्काउछौ याद बनी सधै सधै

तिम्रो मेरो   मिलन  होला की  नहोला ए सानुमाया
सुटुक्क  मनको  कुरा  बताउछौ याद बनी सधै सधै


गजल

छट्पटीमा रात दिन बिताउनु परेको छ मलाई
यो सधै मायामा  चोट  पाउनु परेको छ मलाई


एकान्तमा सधै बस्ने गर्छु तिम्रो बाटो हेरेर सधै
आशुले यो सिरानी भिजाउनु परेको छ मलाई

तिमीलाई नभेटेपछि आत्तिन्छ यो मन मुटु हेर
तिम्रो झुठो  मायामा  हराउनु परेको छ मलाई


घुमाउने रहर  तिमीलाई  मन फुलबारीमा सधै
हो यादै यादमा मुटु  जलाउनु परेको छ मलाई

अतीत सम्झि बिगत सम्झि रुदै बस्नु परे पछि
तिमी बिना  एक्लै म रमाउनु परेको छ मलाई


गजल

आजभोलि सपनामा म आफै मरेको देख्न थाले
हो सानू तिम्रो  सिउदो  कसैले भरेको देख्न थाले


देखेको सपना पूरा हुन्छ हुदैन कल्पना गर्दैछु हेर
सम्झिन्छु तिम्लाई  त्यो  खुशी छरेको देख्न थाले


कतै तिम्रो मेरो साथ छुट्छ की डर लाग्छ मलाई
तिम्रो  आँखामा  आँसु   किन झरेको देख्न थाले


किन यस्तो लेख्दियो भाग्यले नि मलाई रुन मात्र
आकाशमा हेर्दै जादा ताराहरु सरेको देख्न थाले


बगेपछि फर्कने खोला हुदैन हासी खुशी रमाउनु
तिम्रो चिनो मेरो हातमा  किन परेको देख्न थाले



१०
गजल

आफ्नो मृत्युको बाटो हेरिरहे मर्ने दिन आउदैछ
तिम्लाई  यी  खुशीका  लहर  छर्ने दिन आउदैछ

यो संसार देखि बिदा  मागेर जादैछु तिमी नरुनु
छोडी जादा एक टुक्रा  कात्रो पर्ने दिन आउदैछ

एक मुठ्ठी सास हुदा आश हुन्छ  भन्थे तर रहेन
तिमीलाई खुशी दिएर  आफू टर्ने दिन आउदैछ

चिता माथि  लास  जल्दै अनि बन्दैछु गंगाजल
तिम्रो आँसु वर्षात बनी  सधै झर्ने दिन आउदैछ

नरोए तिमी लास  मेरो जल्दा  फेरि तिमी मर्छौ
चर्किएको  मुटु  लिएर अन्तै  सर्ने दिन आउदैछ

प्रकाश मगर सम्झना
दैलेख

No comments:

Post a Comment