Saturday, 25 February 2017

सम्झनामा अतितका चोटहरू : लेखक :कविता प्रकाश मगर सम्झना

कविता
शिर्षक        सम्झनामा

उदाएको घाम
हेरि टोलाउछु सधै
तिम्लाई सम्झिएर एकान्तमा
कता कता हराउने गर्छ यो मन
तिमीलाई सम्झिएर निष्ठुरी माया
साझ परेपछि तिमीलाई खोजिरहेको
हुन्छु म पागल थाहा छैन सानु तिमी
मेरो साथमा भएको भए रमाउने चाहाना
मेरो अधुरै भयो किन होला तिम्रो साथमा
अनि
गाउँ गाउँमा तिम्रो मेरो चर्चा भएको छ अरे
नानाथरी कुरा काट्ने गर्छन् अरे किन होला
आजभोलि तिम्रो माया मा झनझन पागल
भए किन तिम्रा हरेक तस्बिर मुटुमा राख्या छु
सायद यति गर्दागर्दै तिम्लाई  आफ्नो ठानेको छु
सम्झना आउने गर्छ सधै सधै एकान्तमा बस्दा
खेरी तिम्लाई मैले एकोहोरो माया पो गरेको छु
स्वार्थि संसारमा तिमी विना एक्लाएक्लै हराएको
छु तिमी विना ए निष्ठुरी तिम्लाई सम्झि सम्झि
होइन
तिम्रो माया झुठो छ की साचो छ मलाई थाहा
छैन सँगै हिडेको बाटो तिमी विना आज एक्लै
हिडिरहेको छु ए निष्ठुरी तिम्रो झुठो मायामा
सँगै बसि मैले तिम्रो कसम
खाएको याद आउँछ सधै सधै
तिमी कता छौ खोजिरहेको छु तिमीलाई
मैले
सपनामा आउने गर्छौ अनि  भन्छौ
म तिम्रो हुन सकिन यो जुनिमा
मलाई माफ गरिदेउ ए मेरो हजुर
भनेर सधै सधै
मलाई कता कता डर लागिरहेको छ
मलाई छोडेर त गएनौ ए निष्ठुरी भन
अधुरै रहने भयो मेरो सपना यो जुनिमा
भन्छन् सबैले मलाई माया पाउनु मात्र
होइन गुमाउनु पनि माया हो भनेर
सायद आजभोलि मलाई यस्तै यस्तै
भएको छ निष्ठुरीको सम्झना आउदा
एकान्तमा सधै सधै टोलाउदा खेरी
सम्झेको छु तिमी लाई म देखि टाढा
भए पनि ए निष्ठुरी याद आउदा तिम्रै
तस्बिरहरू हेर्ने गर्छु साझ परे पछि
तिमी टाढा भयौं मलाई छोडेर तर
म तिम्रो सधै सधै असल साथी
बनिरहने छु ए निष्ठुरी
पागल बनायौ मलाई किन
सम्झना आउँछ तिम्रो मात्र तिम्रो

लेखक
प्रकाश मगर सम्झना
दैलेख

No comments:

Post a Comment