मायालु
#मुक्तक #दोहोरी #साझमा
यसरी सुरु हुन्छ
Rojina Lama सँग
घर सिन्धुली
प्रकाश मगर सम्झना
दैलेख
१
प्रकाश
तिम्रो जिन्दगी फुल्दै जानेछौ ।।
यो माया प्रेममा भुल्दै जानेछौ ।।
जुनि जुनि सयौं जुनि रमाउला ।।
यादमा दिन रात झुल्दै जानेछौ ।।
२
रोजिना
कोमलको फुल भएर फुल्नु छैन ।।
बनावटी माया लगाई भुल्नु छैन ।।
जुनि जुनि त के यही जुनिमा पनि ।।
सपना सजाएर मलाई डुल्नु छैन ।।
३
प्रकाश
तिम्रो त्यो बोली सुन्न मन लाग्छ
मायाको डोरी नै बुन्न मन लाग्छ
संसार भरिका सारा खुशी दिन्छु
तिम्रो आशु झर्दा थुन्न मन लाग्छ
४
रोजिना
बोली सुनेर के गर्नु हुन्छ हजुर
माया बुनेर के गर्नु हुन्छ हजुर
तेस्तो सुन्न सुनाउन मन लाग्दैन
संगीत गुनेर के गर्नु हुन्छ हजुर
५
प्रकाश
संगीतको आवाज थियौ सधैं
हराएको मनलाई सियौ सधै
बन पाखामा संगीत सुन्दान्दै
थोपा थोपा आशु पियौ सधै
६
रोजिना
त्यो हराएको मन खोज्नुस्
मन बचाउने वचन खोज्नुस्
दुःख सुख भनेको तेस्तै हो
मायालाई बुझ्ने धन खोज्नुस्
७
प्रकाश
तिमीलाई ह्रलयमा सजाएर मैले
सपनीमा आएर नै सताएर मैले
सुन्दरताले भरि तिम्रो जीवनलाई
दुःख भोगी आफ्नो बनाएर मैले
८
रोजिना
थाहा नपाई सजाएको के अर्थ
जबर्जस्ती फसाएको के अर्थ
यो माया दुई मुटुको मिलन हो
बुझ्दै नबुझी लगाएको के अर्थ
९
प्रकाश
तिम्रो मनलाई रुन दिने छैन हेर
आशुले मुख धुन दिने छैन हेर
माया छ यो मुटुको कुनामा नै
यादमा तस्बिर छुन दिने छैन हेर
१०
रोजिना
सधै रुने बानी छैन मेरो
आशुको खानी छैन मेरो
भयो धेरै फुर्ति नलगाउनुस्
हजुर सँग लान्नी छैन मेरो
११
प्रकाश
सपना थियो तिम्रो हेर रोजिना
आशुले मनमा कुरा केर रोविना
सम्झना आउला कुनै दिन रुनेछौ
अंगालोमा मलाई नै बेर रोजिना
१२
रोजिना
सपनामा हजुरलाई देख्नु छैन
नचाहिने कुरालाई लेख्नु छैन
मेरो दिल साफ छ अनि तातो
सधै झुटो मायाले सेक्नु छैन
१३
प्रकाश
बगैंचामा सधै सजाउछु तिमीलाई
मेरो दिल भित्र हराउछु तिमीलाई
फुलबारीमा भमराले रस खाए झै
आफ्नो मन मुटु बनाउछु तिमीलाई
१४
रोजिना
बनावटी कुरा नगर्दा राम्रो हुन्छ
मनको छेउछाउ नसर्दा राम्रो हुन्छ
मेरो अरु नै मलाई माया गर्ने यहाँ
तेसैले मसँग लभ नपार्दा राम्रो हुन्छ
१५
प्रकाश
तिम्रो यादै यादैमा जिउनु छैन अब
त्यो मदिरा मलाई पिउनु छैन अब
जीवनमा एक्लै एक्लै रुनु पर्ला हेर
फाटेको मन मुटु सिउनु छैन अब
समाप्त